जिरी च्याम्पियनसीप कार्तिक १२ गते देखि

413 shares

दोलखा । जिरी च्याम्पियनसीप – २०७८ कार्तिक १२ देखि हुने भएको छ । पर्यटकिय नगरी जिरीमा चार दिन चल्ने प्रतियोगितामा भलिबल र म्याराथन दौडका प्रतियोगिता हुने भएको हो ।

प्रत्येक वर्ष विभिन्न किसिमका प्रतियोगिताहरु गर्दै आएको युवा सञ्जाल जिरीले यो वर्ष वागमती प्रदेश भित्र रहेका अन्तर पालिका स्तरीय भलिबल र दौड प्रतियोगिता गर्न लागेका हो । प्रतियोगित १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेताले पाउने पुरस्कारको रासी ठुलो राखिएको छ । भलिबल तर्फ प्रथम हुने टिमले एक लाख रुपैँया नगद पुरस्कार पाउनेछन् भने दोस्रो हुने टिमले ५० हजार रुपैँया नगद पाउनेछन् । त्यस्तै, तृतीय हुने टिमले २५ हजार नगद र सान्त्वना हुने टिमले १० हजार नगद प्राप्त गर्नेछन् ।

म्याराथन दौडका बिजेताले २० हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा दोस्रो हुनेले १० हजार रुपैँया नगद र तृतीय हुनेले ५ हजार रुपैँया नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

413 shares