राजेन्द्र पाण्डेले लिए बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ

210 shares

काठमाडौँ । बागममती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको शपथ लिएका छन् । पाण्डेले बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले चार सदस्यीय मन्त्रीमण्डल समेत विस्तार गरेका छन्। पाण्डेको मन्त्रीमन्डलमा काँग्रेसबाट कृष्णलाल भँडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृणप्रसाद शर्माले शपथ लिएका छन् ।

नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बनेकि हुन् ।

210 shares