मध्य भोटेकोशीको आइपीओ बाँडफाँड आज
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार ०४:०३
427
shares
काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) आज बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलको कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले असोज २० गतेबाट सर्वसाधारणको लागी ९० लाख कित्ता आईपीओ जारी गरेको थियो । सो आवेदनमा २३ लाख ९३ हजार ४२८ जनाको आवेदन परेको छ ।
कम्पनीले जारी गरेको शेयरमा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख ६० हजार कित्ता कर्मचारीलाई छुट्याईएको थियो । बाँकि रहको शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार ०४:०३
427
shares