मध्य भोटेकोशीको आइपीओ बाँडफाँड, भाग्यमानी ८ लाख आवेदकले पाए १० कित्ता

399 shares

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलले शुक्रबार सर्वसाधारणलाई जारी गरेको साधारण शेयर बाँडफाँड गरेको हो ।

असोज २० गतेदेखि कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो । सो मध्ये ३ लाख ६० हजार कित्ता कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

कुल २३ लाख ९० हजार २ सय १८ आवेदन परेकोमा ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । बाँकि २२ लाख ९४ हजार ४ सय ९३ जना आवेदक योग्य रहेको क्यापीटलले जनाएको छ ।

आवेदन दिएका ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् । बाँकी योग्य १५ लाख ७१ हजार २ सय १८ जना आवेदकको हात खालि भएको छ ।

399 shares