दुई दिन देखि वेपत्ता हिमचुली बहुउद्देश्यीय सहकारीको सेक्युरिटी गार्ड मृत अवस्थामा फेला

441 shares

दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी लिमिटेडको सेक्युरिटी गार्ड पुर्ण बहादुर खड्का (बाबुराम ) मृत अवस्थामा फेला परेका छन् । बुधबार बेलुकादेखि सम्पर्कविहीन खड्का शुक्रबार सहकारी नजिकैको जंगलमा हात खुट्टा बाधिएको अवस्थामा मृत फेला परेका हुन् ।

बुधबार सहकारीमा चोरी भएपछि खड्काको खोजि भएको थियो । खड्का कसैको सम्पर्कमा आउन सकेका थिएनन् । बिहीबार आएको प्रहरीले सामान्य मुचुल्का उठाएर फर्केको थियो ।

शुक्रबार स्थानीयहरुले समुह बनाएर खोजि गर्दा उनी मृत अवस्थामा फेला परेका हुन् ।

441 shares