पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न ६ विद्यार्थी संगठनको माग

287 shares

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न ६ विद्यार्थी संगठनले माग गरेका छन् । शनिबार अनेरास्ववियू, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल छैठौँ, अखिल क्रान्तिकारी, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले विज्ञप्ती जारी गर्दै मूल्यवृद्धि खारेजको माग गरेका छन् ।

दैनीक जीवनसँग सरोकार राख्ने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनता मारमा पार्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । आफ्नो मागलाई बेवास्ता गरिए आन्दोलनमा उत्रीने संयुक्त विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

 

287 shares