सामलिङ्ग पावरको आइपीओ भोलि बाँठफाँड हुने
वि.सं.२०७८ कात्तिक १५ सोमवार १२:१९
343
shares
काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेड कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आइपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले मंगलबार कम्पनीको आईपीओ बाँडफाँड हुने जनाएको हो ।
कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्मको लागि साधारण शेयरमा आवेदन खुला गरेको थियो । ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको कम्पनीले ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषको लागि र १४ हजार ६ सय कित्ता शेयर कर्मचारीको लागि छुट्याएको थियो । बाँकि ६ लाख ७८ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीको आइपीओमा ३९.६७ गुणा धेरै आवेदन परेको थियो । सो मध्ये ६७ हजार ८ सय ९० जना आवेदकले १० कित्ता शेयर प्राप्त गर्नुछन् ।
वि.सं.२०७८ कात्तिक १५ सोमवार १२:१९
343
shares