अपर तामाकोशीको लक इन पिरियड सकियो, आयोजना प्रभावितले भरेको शेयर दोस्रो बजारमा कारोबार
वि.सं.२०७८ कात्तिक १५ सोमवार १२:५२
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको लक इन पिरियड सकिएको छ । आयोजनाले स्थानी दोलखावासीको लागि जारी गरेको साधारण शेयरको लक इन पिरियड मंगलबार सकिएको हो ।
आयोजनाले स्थानीयवासीको लागि १० प्रतिशत शेयर वितरण गरेको थियो । २०७५ कार्तिक १५ गते आयोजनाले आयोजना प्रभावित दोलखालीको लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर वितरण गरेको थियो । लक इन पिरियड ३ वर्ष अवधिको रहने हुँदा दोलखालीले प्राप्त गरेको शेयर ३ वर्ष सम्म कारोबार भएको थिएन ।
३ वर्षको लक इन पिरियड सकिएसँगै स्थानीयवासीको शेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार भएको छ । अपर तामाकोशीको १० करोड ५९ लाख शेयर नेप्सेमा सूचीकृत रहेको छ । जसमा ५१ प्रतिशत शेयर एनइएको रहेको छ भने ४९ प्रतिशत अर्थात ५ करोड १८ लाख ५१ हजार कित्ता शेयर सर्वसाधारणको रहेको छ ।
अपर तामाकोशीको शेयर सोमबार प्रतिकित्ता ६ सय २२ रुपैँयामा अन्तिम कारोबार भएको थियो ।
वि.सं.२०७८ कात्तिक १५ सोमवार १२:५२