बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले २२ गते विश्वासको मत लिने

147 shares

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । कात्तिक ११ गते गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

पाण्डेलाई गठबन्धनको तर्फबाट ५९ जना सांसदले समर्थन गरेका थिए । सरकारको नेतृत्व गरेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

147 shares