सामलिङ्ग पावरको आइपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

245 shares

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणको लागि जारी गरेको ७ लाख ३० हजार कित्ता साधारण शेयर मंगलबार बाँडफाँड भएको हो ।

कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्मको लागि साधारण शेयरमा आवेदन खुला गरेको थियो । ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको कम्पनीले ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषको लागि र १४ हजार ६ सय कित्ता शेयर कर्मचारीको लागि छुट्याएको थियो । बाँकि ६ लाख ७८ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

सर्वसाधारणले दिएको आवेदनमा २१ लाख २० हजार ८ सय ८ जना आवेदक योग्य रहेको बिक्री प्रबन्धकले जनाएको छ । ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ भने ६७ हजार ८ सय ९० जनाले १० कित्ता शेयर पाएका छन् ।

बाँडफाँड भएको शेयरको रिजल्ट मेरो शेयर एकाउन्ट, सीडीएससी र नेपाल एसबीआई मर्चेन्टको वेवसाइटबाट हेर्न सकिन्छ ।

https://iporesult.cdsc.com.np/

245 shares