कांग्रेस दोलखाको सभापति लामा जुवाखालबाट पक्राउ

483 shares

काठमाडौँ । नेपाली कांग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । बिहीबार प्रहरीले लामासहित १८ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

लामा भर्खरै कांग्रेस दोलखा जिल्ला सभापतिमा निर्वाचित भएका थिए । लामालाई प्रहरीले बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ गरेको हो ।

483 shares