म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा पराजित

वि.सं.२०७८ कात्तिक २० शनिवार १५:५०
504
shares

काठमाडौँ । म्यानचेस्टर सिटीसँग म्यनचेस्टर युनाइटेड घरेलु मैदानमा पराजित भएको छ । शनिबार भएको खेलमा युनाइटेड २–० गोल अन्तरले पराजित भएको हो ।
एरिक बेलीले आत्घाती गोल गरेपछि युनाइटेडले खेलको सुरुवातमै दबाब ब्यहोर्नुपर्यो । पहिलो हाफको अन्त्यमा बर्नार्डो सिल्भाले सिटीको अग्रता दोब्बर बनाए ।
शनिबार सिटीसँग पराजित युनाइटेड पाँचौँ स्थानमा झरेको छ भने सिटी २३ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २० शनिवार १५:५०
504
shares