टी–२० विश्वकपबाट भारत आउट

217 shares

काठमाडौँ । जारी टी–२० विश्वकपको सुपर –१२ को खेलबाट भारत आउट भएको छ । आज भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारत आउट भएको हो ।

आजको खेलमा अफगानिस्तानले जित हासिल गर्दा मात्र भारत सेमिफाइनलमा पुग्ने सम्भावना रहन्थ्यो । एक खेल बाँकी रहँदा नै भारत आउट भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको क्षतिमा न्युजिल्याण्डलाई १२४ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो ।

न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले सर्वाधिक ४० रन बनाए भने डेभन कनवेले ३६ रनको योगदान दिए ।

 

217 shares