मंसिर पहिला सातादेखि मतदाता नामावली संकलन हुने

553 shares

काठमाडौँ । निर्वाचन आयोगले मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अब हुने निर्वाचनलाई लक्षित गरेर नामावली संकलन गर्न लागेको हो ।

नामावली संकलन गर्ने विषयमा सरकार र आयोगबीच छलफल भइसकेको छ । सो अनुसार आयोगले ७ सय ५३ वटा स्थानीय तहमा प्राविधिक टोली खटाएर नामावली संकलन गर्ने तयारी गरेको छ । नामावली संकलनको लागि आयोगले एक महिने अभियान चलाउने तयारी गरेको आयोगले जनाएको छ ।

 

553 shares