अनेरास्ववियूका नेता अधिकारीको करेन्ट लागेर मृत्यु

357 shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) जनवर्गिय संगठन अनेरास्ववियूका विद्यार्थी नेता गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ । उनको सोमबार बिहान विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान हेटौँडा उपमहानगरपालिका १७ स्थित राजदेवीको बाटो खनेर तार बिछ्याउने क्रममा अधिकारीलाई करेन्ट लागेको हो । करेन्ट लागेपछि उनलाई हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल लगिएको थियो । अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो ।

357 shares