प्राइम लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

595 shares

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले १४ औँ बार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले मंसिर १९ गतेको लागि साधारण सभा बोलाएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को लागि १५.८७ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाको बोर्डको बैठकले १५ प्रतिशत बोनश शेयर र ०.८७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । हाल २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैँया संस्थाको कुल पूँजी रहेको छ ।

संस्थाले मंसिर १० गतेको लागि बुक क्लोज डेट तोकेको छ ।

595 shares