कमेडीयन विक्की अग्रवाललाई मातृशोक

560 shares

काठमाडौँ । कमेडीयन विक्की अग्रवाललाई मातृशोक परेको छ । मंगलबार उनकी आमा दुर्गा मगरको काठमाडौँमा निधन भएको हो ।

विक्की ‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप हुन् । उनकी आमा दुर्गा भाइटइकाको दिन नेपाल आएकी थिइन् । मंगलबार बलुकी ७ बजे अचेत अबस्थामा कोठामा फेला पारेपछि उनलाई चावहिलको मेडिकेयर अस्पताल लगिएको थियो । अस्पताल पुगेपछि डक्टरले उनलाई मृत घोषित गरेको थियो ।

विक्की भारतको सिक्किम निवासी हुन् । कमेडी च्याम्पियनबाट चर्चामा आएको छोरालाई सेटल गराउन दुर्गा नेपाल आएकी थिइन् ।

560 shares