ईश्वर पोखरेलले सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा

434 shares

काठमाडौँ । नेकपा एमालेको महासचिव ईश्वर पोखरेललाई विपी र पुष्पलालको सालिक अनावरण कार्यक्रमको प्रमुख अतिथि बनाउने भएपछि सत्तारुढ गठबन्धन र एमालेबीच विवाद हुँदा सिन्धुली सदरमुकाम सिन्धुलीमाढी तनावग्रस्त बनेको छ । झडपको स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रसासनले निषेधाज्ञा जारी गरेको छ ।

सिन्धुलीको कमलामाइ नगरपालिकाले पोखरेललाई सिन्धुलीगढीस्थित बाल उद्यान पार्कको उद्घाटनको सार्थ बीपी र पुष्पलालको सालिक अनावरण कार्यक्रमको प्रमुख अतिथि बोलाएको थियो । तर गठबन्धन दलले पोखरेललाई अतिथि बनाएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको हो ।

कुनै पनि झडपको स्थिति सिर्जना नहोस् भन्ने हेतुले प्रशासनले बेलुकी १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

 

434 shares