एमाले डडेलधुराका अध्यक्षसहित जिल्ला कमिटीका नेताहरु नेकपा (एस) प्रवेश

168 shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले डडेलधुराका अध्यक्षसहित अधिकाम्स जिल्ला कमिटी सदस्यहरु नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । तत्कालिन एमालेका जिल्ला कमिटी अध्यक्ष डा. तारा जोशी सहीत जिल्ला कमिटीका नेताहरु बुधबार समाजवादीमा प्रवेश गरेका हुन् ।

सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनिहरु समाजवादीमा प्रवेश गरेका हुन् । जोशी निर्वार्चित जिल्ला अध्यक्ष हुन् । एमाले विभाजित हुँदा एमालेमै रहेका जोशी केपी शर्मा ओलीले प्रकाश साउदलाई अध्यक्ष बनाएपछि रिसाएका थिए ।

168 shares