सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा पनि बनायो कार्यदल

168 shares

काठमाडौँ । सत्तारुढ गठबन्धनले बागमती प्रदेश सरकार सञ्चालन गर्न कार्यदल बनाएको छ । नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो ।

सत्तारुढ गठबन्धनले केन्द्रको सरकार सञ्चालनको लागि पनि कार्यदल बनाइसकेको छ । सो अनुसार बनेको बागमती प्रदेशको कार्यदलमा काँग्रेसबाट राधा घले र प्रभात तामाङ्ग, माओवादीबाट बुद्धिमान माझी र नेकपा (एस)बाट माधव मौडेल र मीना ज्ञवाली रहेका छन् ।

 

168 shares