पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य १५७५ पुग्यो

623 shares
ishwor movie

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार निगमले पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैँयाले मुल्य बढाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ३६ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर १ सय १९ रुपैँया पर्नेछ । त्यस्तै, हावाई इन्धनमा निगमले ५ रुपैयाँ प्रतिलिटर बढाएर १ सय १ रुपैयाँ कायम गरेको छ भने बाह्य हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेको छ । यसअघि ग्यासको मूल्य १५ सय रुपैँया प्रतिसिलिन्डर थियो ।

623 shares