१२ औँ राष्ट्रिय जनगणना आजदेखि शुरु

574 shares

काठमाडौँ । १२ औँ राष्ट्रिय जनगणना आजदेखि शुरु भएको छ । प्रत्येक १० वर्षमा जनगणना गर्ने गरिन्छ । सोही अनुरुप १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो ।

गणकहरुले शुरुमा राष्ट्रपतिको विवरण संकलन गरेर जनगणना शुरु गर्नेछन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय तथ्यांक विभागले जनगणनाको काम कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने जनाएको छ ।

गणनाको लागि ४० हजार गणक खटाइएको विभागले जनाएाके छ । गणकहरुले घर–घरमा पुगेर ८० वटा प्रश्न सोधेर विवरण संकलन गर्नेछन् । जनगणनाको लागि देशभर ८ हजार ५ सय जना सुपरिवेक्षक रहने विभागले जनाएको छ ।

574 shares