कटरिनाको विवाहको लागि सलमानले सारे सुटिङ

364 shares

काठमाडौँ । वलिउड अभिनेत्री कटरिना कैफको विवाहका लागि सुपरस्टार सलमान खानले ‘टाइगर ३’ सुटिङ सारेका छन् । खानले फिल्मको छायाँकन जनावरीमा सारेका हुन् ।

‘टाइगर’ फिल्मको सबै सिक्वेलमा सलमान र कटरिना जोडीको रुपमा अभिनय गरिरहेका छन् । यस अघिको एक था टाइगर र टाइगर जिन्दा है मा खान र कटरिनाले मुख्य भुमिकामा अभिनय गरेका थिए । दुवै फिल्म हिट भएको थियो ।

अहिले कटरिनाले नायक विक्की कौशलसँग विहे गर्ने चर्चाले बलिउड तातेको छ । उनिहरुले डिसेम्बरमा विवाह गर्ने भारतिय सञ्चारमाध्ययमहरुले बताइरहेका छन् । विवाहका लागि विक्की र कटरिना दुवैले कामबाट ब्रेक लिइसकेका छन् ।

364 shares