दोलखाबाट को को भए एमाले महाधिवेशन प्रतिनिधि ?

609 shares

दोलखा । नेकपा एमाले दोलखाले केन्द्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । एमाले दोलखाको जिल्ला कमिटीको बैठकले दशौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्ने २३ जना प्रतिनिधि चयन गरेको हो ।

दोलखाबाट खुल्लातर्फ ५ जना, दलितबाट २ जना, महिलाबाट ७ जना, भुगोल कमिटीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

को को परे ?

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा खुल्लातर्फबाट इश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन रर र कृष्ण भुजेल प्रतिनिधि चयन भएका छन् । त्यस्तै, दलित तर्फ सुन्दर लामिछाने र टेक घतानि चयन भएका छन् भने महिला तर्फ शान्ति कुमारी तामाङ, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा के सी र शान्ती पाख्रीन चयन भएका छन् ।

भुगोल तर्फ खुल्ला नर बहादुर श्रेष्ठ (मेलुङ), बालकृष्ण शिवाकोटी (कालिञ्चोक), भरत के सी (भिनपा), जिवस राज खड्का (तामाकोशी), मित्र जिरेल )जिरी), हेमन्त चौलागाईं (बैत्यश्वर), धन बहादुर तामाङ (शैलुङ्ग), ठुला थामी (बिगु) र शुभ शेर्पा (गौरीशंकर) चयन भएका छन् ।

609 shares