वडाध्यक्षलाई सामाजिक सञ्जालमा छोटेराजा भनेपछि वडाका सम्पूर्ण सेवा रोक्का

203 shares

काठमाडौँ । वडाध्यक्षलाई सामाजिक सञ्जाल फेसबुकमा छोटेराजा भनेपछि सल्यान बागचौर नगरपालिका–४ बाट प्रवाह हुने सेवाबाट स्थानीय युवालाई वञ्चित गरिने भएको छ । वडाध्यक्ष प्रेमबहादुर पुनले आफुलाई सामाजिक सञ्जालमा छोटेराजा भनेपछि सेवा रोक्का गरेका हुन् ।

स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उनले निर्वाचन जितेका थिए । उनलाई सोही वडाको दिलबहादुर केसिले सामाजिक सञ्जालमा छोटेराजा भन्दै लेखेका थिए । केसीले कमजोरी नसच्याए वडा कार्यालयबाट हुने सेवामा उनलाई रोक लगाउने पुनले बताएका छन् ।

203 shares