सहकारीको कर्जा प्रवाहमा कडाई, ब्याज १४.७५ र नविकरण शुल्क ०.२५ प्रतिशत भन्दा बढी लिन नपाउने
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १४:२०
काठमाडौँ । बागमती प्रदेश सरकारले सहकारी संस्थाको ऋण प्रवाहमा कडाई गरेको छ । सहकारीले कर्जा प्रवाहमा जथाभावि ब्याज लिने र नविकरण शुल्क मनपरि अशुल्न थालेपछि प्रदेश सरकारले कडाई गरेको हो ।
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सहकारीले कर्जा प्रवाहमा लिन पाउने अधिकतम ब्याज र नविकरण शुल्क तोकेको छ । अब सहकारीले ऋणमा १४.७५ प्रतिशत र ०.२५ प्रतिशत नविकरण शुल्क लिन पाउनेछन् ।
मन्त्रालयले ऋण प्रवाह गर्दा सेवा शुल्क १ प्रतिशत भन्दा बढी लिन नपाउने जनाएको छ । तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कारवाही हुने मन्त्रालयले जनाएको छ । त्यस्तै, ऋण नविकरण गर्दा ०.२५ प्रतिशत भन्दा बढी शुल्क लिएमा सहकारीलाई ३ लाख रुपैँयासम्मको जरिवाना हुनेछ ।
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १४:२०