एकीकृत समाजवादीको जिरी नगर कमिटी कार्यालय उद्घाटन्

210 shares

दोलखा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जिरी नगर कमिटीको कार्यालय उद्घाटन गरेको छ । समाजवादीले शनिवार एक कार्यक्रम गर्दै कार्यालय उद्घाटन गरेको हो ।

नेकपा (एस) जिरी नगर कमिटीका अध्यक्ष शैलेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिरीका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यलयलाई पार्टीको जिल्ला कमिटीका अध्यक्ष भीम दाहाल र सचिव प्रोणप्रताप केसीले उद्घाटन गरेका थिए ।

210 shares