मुडे–चरिकोट सडक निर्माणमा भएको ढिलासुस्तीविरुद्ध आन्दोलित अभियन्ता पक्राउ
वि.सं.२०७८ कात्तिक २८ आइतवार ०७:५९
दोलखा । मुडे–चरिकोट सडक निर्माणमा भइरहेको ढिलासुस्तीविरुद्ध आन्दोलित अभियन्ता पक्राउ परेका छन् । सडक निर्माणमा भएको ढिलासुस्तीविरुद्ध आन्दोलनमा उत्रीएका अभियन्ताहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले आज पक्राउ गरेको हो ।
मुडे– चरिकोट सडक खण्ड विगत ६ वर्षदेखि अलपत्र परेपछि नागरिकहरु आन्दोलनमा उत्रीएका हुन् । आन्दोलनमा उत्रीएका मुडे चरिकोट सडक निर्माण संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के, सहसंयांजक रमेश खतिवडा, सचिब गोकर्णप्रसाद भण्डारी तथा सदस्यहरू श्रिजनकुमार घिमिरे, श्याम खतिवडा, अर्जुन कार्की र राजन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
संघर्ष समितिले शनिबार सडक निर्माणमा समयमै चासो नदिएको भन्दै सवारीसाधनहरुमामा भौतिक पूर्वधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका थिए। समितिले यस अगाडि पनि सडक समयमै निर्माणको लागि दवाव स्वरुप ठेकेदारको फोटो सवारी साधनहरुमा राखेर विरोध गरेको थियो ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार ०७:५९