सम्झौताअनुसार काम नगर्ने चार निर्माण कम्पनी कालो सूचीमा

350 shares

काठमाडौँ । सरकारले सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सरकारले सम्बन्धित विभाग, प्रहरी, स्थानिय तहको सिफारिसमा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

सरकारले बानेश्वरको भैरव कन्सट्रक्सन कम्पनीलाई दुई वर्षका लागि कालो सूचीमा राखेको हो । त्यस्तै, त्रिपुरेश्वरमा रहेको न्यू लक्ष्मी इण्डस्ट्रिज एण्ड सप्लायर्स, ललितपुरको सापकोटा सप्लायर्स एण्ड निर्माण र बानेश्वरको लार्ज बास्केट कम्पनीलाई एक – एक वर्षको लागि कालो सूचीमा राखेको हो ।

कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणको काममा सहभागि हुन नपाउने सार्वजनिक खरिद ऐनमा व्यबस्था रहेको छ ।

350 shares