नेकपा (एकीकृत समाजवादी) वैतेश्वर–५ को अध्यक्षमा गिता प्रसाद दाहाल चयन

469 shares

दोलखा । नेकपा (एकीकृत समाजवादी) वैतेश्वर गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गिता प्रसाद दाहाल चयन भएका छन् । शनिबार भएको भेलाले दाहालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

May be an image of 5 people

संगठन निर्माणको कामलाई तिव्रता दिएको समाजवादीले वैतेश्वर गाउँपालिकामा संगठन विस्तार गरेको हो । यस अगाडि नै समाजवादीले वैतेश्वर–४ को वडा कमिटी तारानीधि दाहालको अध्यक्षतामा निर्माण गरिसकेको छ ।

May be an image of 7 people, people standing and outdoors

आजको भेलालाई समाजवादीका पोलिटव्युरो सदस्य शिव प्रसाद भण्डारीले सम्बोधन गरेका थिए । भेलामा केन्द्रिय सदस्य तथा जिल्ला सह–इञ्चार्ज गोपाल न्यौपाने, जिल्ला कमिटीका अध्यक्ष भिम दाहाल लगायतका नेताले मन्तव्य राखेका थिए ।

May be an image of 2 people and people standing

वडा अधिवेशनले गिता प्रसाद दाहालाई अध्यक्ष, उपाध्यक्षमा रबिन दाहाल र मरिचमान बस्याल, सचिवमा सन्तोष दाहाल, उपसचिवमा सीता दाहाल र मीन बहादुर दाहाललाई चयन गरेको छ ।

May be an image of 2 people, people standing, people sitting and outdoors

 

469 shares