वार्टफोर्डसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

336 shares

काठमाडौँ । इङग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा वार्टफोर्डले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा म्यान युनाइटेड ४–१ को गोल अन्थरले पराजित भएको हो ।

खेलको २८ औँ मिनेटमा जोसुवा किंगको गोलमा वार्टफोर्डले अग्रता लिएको थियो । ४४ औँ मिनेटमा इसमइला सरले दोस्रो गोल गरेपछि वार्टफोर्डले पहिलो हाफमा आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

दोस्रो हाफको ५० औँ मिनेटमा युनाइटेडका डोनी भान डी बिकले गोल गरेर खाता खोले । तर, इन्जुरी समयमा वार्टफोर्डका जोआओ पेड्रो र इमानिओल बोनाभेन्चरले एक–एक गोल गरेपछि खेलमा ४–१ नतिजा निस्कियो ।

यो सँगै युनाइटेडले १२ खेल खेल्दा १७ अंक जोडेर तालिकाको ७ औँ स्थान बनाएको छ । त्यतिनै खेल खेलेको वार्टफोर्ड १३ अंकको साथ १६ औँ स्थानमा रहेको छ ।

336 shares