आजदेखि दोलखामा राहदानी फाराम संकलन बन्द

385 shares

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले आजदेखि एमआरपी राहदानी फारम संकलन कार्य बन्द गरेको छ । सरकारले विद्युतीय राहदानी वितरण सुरु गरेकोले त्यसका लागि चाहिने प्रत्यक्ष दर्ता प्रणाली जडानका लागि प्रशासनले राहदानी फारम संकलन बन्द गरेको हो ।

जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आइतबार देखि एमआरपी राहदानी फारम संकलन बन्द गरेको हो । तर, यस अगाडि नै आवेदन दिएका सेवाग्राहीको काम भने समयमा नै हुने जिल्ला प्रशासनले जनाएको छ ।

385 shares