भीम रावलले नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिने

399 shares

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषना गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

रावल एमालेको नवौँ महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका थिए । पार्टी विभाजनको समयमा एमालेमै रहेका रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।

399 shares