एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिवमा शंकर

273 shares

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेललाई र महासचिवमा शंकर पोखरेललाई चयन गरेको छ । दुवै पदमा धेरै नेताहरुको दावि परेकोले सर्वाधिक चासो बनेको उक्त पदमा एमालेले पोखरेद्वयलाई चयन गरेको हो ।

एमालेको जारी महाधिवेशनले अन्य पदाधिकारी र केन्द्रिय सदस्यहरुको पनि चयन गर्नेछ । लगभग सबै पदाधिकारी र केन्द्रिय सदस्यहरुको नामावली टुंगो लागिसकेकोले अब हुने बन्दसत्रमा उक्त नाम घोषणा गर्ने तयारी एमालेले गरेको छ ।

273 shares