हिमचुली सहकारीको सुरक्षा गार्ड हत्या अभियोगमा दुई जना पक्राउ

658 shares

दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सुरक्षा गार्ड हत्या अभियोगमा सीआईबीको टोलीले दुई जनालाई पक्राउ गरेको छ । सीआइबीले विहीबार काठमाडौँबाट बिक्रम कार्की र सुमन कार्कीलाई पक्राउ गरेको हो ।

असोज १० गते संस्थाको सुरक्षा गार्ड पुर्ण बहादुर खड्काको हत्या गरी सहकारी चोरी भएको थियो । खड्काको शव स्थानीयले दुई दिनपछि फेला पारेका थिए । एक महिना लामो अनुसन्धानपछि सीआइबीले अभियुक्तलाई पक्राउ गरेको हो ।

सीआईबीले अभियुक्तको साथबाट एक लाख ३८ हजार २ सय ३५ रुपैँया बरामद पनि गरेको छ ।

658 shares