विशाल खड्का बने वागमती प्रदेशको यातायात, श्रम तथा रोजगार मन्त्री

357 shares
ishwor movie

काठमाडौँ । वागमती प्रदेश सभा सदस्य विशाल खड्का यातायात, श्रम तथा रोजगार मन्त्री बनेका छन् । मङ्गलबार भएको वागमती प्रदेश सरकार विस्तारमा खड्का मन्त्री बनेका हुन् ।

२०७४ सालमा भएको प्रदेश निर्वाचनमा उनी वाम गठबन्धनको तर्फबाट दोलखा क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सरकारको चार वर्षे कार्यकालमा दोलखाबाट खड्का तेस्रो मन्त्री बनेका हुन् । यसअगाडि डोरमणी पोडेलको सरकारमा सरस्वति बस्नेत सामाजिक विकास मन्त्री र रचना खड्का अष्टलक्ष्मी शाक्यको नेतृत्वमा अर्थमन्त्री बनेकि थिइन् ।

बस्नेत र खड्का एमालेको तर्फबाट सरकारमा सहभागि भएका थिए भने विशाल माओवादीको तर्फबाट मन्त्री बनेका हुन् । हाल वागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा गठबन्धनको सरकार रहेको छ । पाण्डे नेतृत्वको सरकारले मन्त्रालयको संख्या बढाएर १४ पुर्याएको छ ।

357 shares