तमु ल्होसारको दिन विदाको माग गर्दै गुरुङ विद्यार्थीले बुझाए शिक्षामन्त्रीलाई ज्ञापनपत्र

वि.सं.२०७८ पुस ८ बिहीवार १४:२१

काठमाडौँ । तमु ल्होसारको दिन सार्वजनिक विदा दिन नेपाल तमु (गुरुङ) बिधार्थी छोंज धिं केन्द्रिय कमिटीले शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ । बुधबार कमिटीका अध्यक्ष पुकार गुरुङसहितको टोलीले पौष १५ गते सार्वजनिक विदा दिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपाल बहुजाती ,बहुभाषी, बहुसास्कृतिक देश हो भनी संबिधानलेनै तोकिएको र आदिवासीहरुको पर्वलाई पनि राष्ट्रिय बिदा घोषणा गरि राष्ट्रिय रुपमा मनाउन शुरु गरिसकेको अवस्थामा तत्कालीन सत्ता गठबन्धन एमाले ,माओवादी सहितको दलको सरकारको पालामा गुरुङहरुको महानपर्व तमु ल्होसारलाई प्रादेशिक र क्षेत्रीयता बनाउदै राष्ट्रिय पर्व बाट हटाईएको प्रती गुरुङहरु आन्दोलित हुँदै आईरहेका छन् ।
आफुहरुको मागलाई वेवास्ता गरेको खण्डमा कडा आन्दोलनमा उत्रीने अध्यक्ष गुरुङले बताए ।

वि.सं.२०७८ पुस ८ बिहीवार १४:२१