तीन सातामै पुष्पाले कमायो ३ सय करोड

259 shares

काठमाडौँ । तेलेगु फिल्म पुष्पाले तेस्रो सातासम्ममा ३ सय करोड भारु कमाएको छ । फिल्मले भारतभरी र अन्य देशहरुबाट उक्त कारोबार गरेको हो ।

अल्लु अर्जुन र रस्मिका मण्डना अभिनित फिल्मले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । फिल्मले एक सातामै २ सय करोड भारुको आँकडा पार गरेको थियो ।

चन्दन तस्करीको कथामा बनेको फिल्मलाई एस एस राजामौलिले निर्देशन गरेका छन् । राजामौलिको बाहुबलीले पनि बक्स अफिसमा धमाका मच्चाएको थियो ।

259 shares