छोराको हेरचाहको लागि राखेको कामदार ४ तोला सुन चोरी फरार

1.06K shares

काठमाडौँ । नेपाली सेनामा कार्यरत दम्पतीको घरबाट सुन तथा नगद चोरी भएको छ । ताहाचलमा कोठा भाडा गरी बस्ने सन्तोष बानियाको घरबाट ४ तोला सुन र ७ हजार नगद चोरी भएको हो ।

श्रीमान श्रीमती नै नेपाली सेनामा कार्यरत रहेकोले उनीहरूका ७ वर्षीय छोराको हेरचाहका लागी सम्झना कुमाललाई दुई वर्ष देखि आफू सँगै राख्दै आएका थिए । दुवै जना बिहान नै कार्यालय जाने भएकाले दिनभर कुमाल घर मै रहेर छोराको हेरचाह साथै घरायसी काम गर्दै आएकी थिइन् । सोही क्रममा पुस १८ गते बिहान डेरी जान्छु भनेर फोनमा बताएकी कुमाल हालसम्म फरार रहेकि छन् ।

फरार कुमालको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । कुमाललाई भेटी सम्पर्कमा ल्याउने व्यक्तीलाई आकर्षक उपहार दिने बानिँयाले बताए ।

No description available.

सन्तोष बानियास् – 9840058667

1.06K shares