नेकपा (एस) वैतेश्वरको अध्यक्षमा टहल खड्का र शैलुङमा कृष्ण ढुङ्गेल चयन
वि.सं.२०७८ पुस २६ सोमवार ०५:५४
462
shares
दोलखा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले शनिवार दोलखाको दुई गाउँपालिकामा एकै दिन संगठन विस्तार गरेको छ । नेकपा (एस)ले शनिबार वैतेश्वर र शैलुङ गाउँपालिकामा संगठन निर्माण गरेको हो ।
संगठन निर्माणको कामलाई तिव्रताको साथ अगाडि बढाईरहेको समाजवादीले उक्त पालिकामा भेला गरेर कमिटी चयन गरेको छ । वैतेश्वर गाउँपालिकामा टहल खड्काको अध्यक्षतामा पालिका कमिटी निर्माण गरेको समाजवादीले शैलुङमा कृष्ण प्रसाद ढुङ्गेलको नेतृत्वमा पालिका कमिटी निर्माण गरेको हो ।
वि.सं.२०७८ पुस २६ सोमवार ०५:५४
462
shares