एक अर्ब माथिको आईपिओ आउँदै, ५ कम्पनीले पाए अनुमति
वि.सं.२०७८ माघ ६ बिहीवार ०६:२७
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लामो समयपछि विभिन्न कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिने भएको छ । बुधबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले एक अर्ब २२ करोड रुपैँया बराबरको आईपिओ जारी गर्न अनुमति दिएको हो ।
बोर्डको बैठकले दुई हाइड्रो र तीन लघुवित्त कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डले बलेफी हाइड्रोपावर र ग्रिन भेन्चर लिमिटेडलाई अनुमति दिएको हो । त्यस्तै, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।
अब, बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैँया र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैँया, जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैँया, राष्ट्र उत्थानले ८ करोड ५० लाख रुपैँया र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैँया बराबरको शेयर निष्काशन गर्नेछन् ।
वि.सं.२०७८ माघ ६ बिहीवार ०६:२७