५ करोड बढीको आईपीओ खुल्यो, कति भर्ने ?

217 shares

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार देखि साधारण सेयर निष्कासन गरेको छ । संस्थाले सर्वसाधारणको लागि ५ करोड २२ लाख रुपैँया बराबरको आईपीओ निष्काशन गरेको हो ।

संस्थाले कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गरेको छ । निष्काशित शेयरमध्ये ८ हजार कित्ता कर्मचारीहरुलाई र २६ हजार १ सय कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ ।

लगानीकर्ताले २५ गतेसम्म न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ता शेयर आवेदन दिन सक्नेछन् ।

217 shares