स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

329 shares

काठमाडौँ । नेपाल सरकारले स्थानीय तहको निर्वाचन २०७९ सालको वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन मिति तोकेको हो ।

स्थानीय तह निर्वाचन ऐन अनुसार अहिलेका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठमा सकिदैछ । सोहि अनुसार सरकारले स्थानीय तह रिक्त नहुनेगरि निर्वाचनको मिति तोकेको हो ।

 

329 shares