एसईई परीक्षा वैशाख ९ गतेदेखि

280 shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने भएको छ । बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डले परीक्षको समयतालिका भने भोलि विहीबार सार्वजनिक गर्ने भएको छ । कोरोना महामारीको कारण परीक्षा अन्यौलमा रहेको थियो । साथै सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणाले पनि अन्यौलमा रहेको परीक्षा अब हुने भएको हो ।

280 shares