नेकपा एसले एमसीसी विरुद्ध फागुन १ गते देशभर प्रदर्शन गर्ने

553 shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको पार्टीको मोर्चा संगठनको बैठकले फागुन १ गते दिउँसो २ बजे देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एमसीसीको विषयलाई लिएर अहिले सत्तारुढ दलभित्र किचलो सिर्जना भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा कुनै पनि हालतमा एमसीसी संसदमा लैजान चाहन्छन् । संसद बैठक फागुन २ गतेको लागि डाकिएको छ । उक्त बैठकमा सरकारले एमसीसी संसदमा लैजान खोजेको भन्दै अर्को सत्तारुढ दल नेकपा एसले विरोध स्वरुप प्रदर्शन गर्ने भएको हो ।

553 shares