‘ए मेरो हजूर ४’ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

371 shares

काठमाडौँ । नेपाली चलचित्र ‘ए मेरो हजूर ४’ को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको टीमले ‘फूलको थुंगा हौ कि’ बोलको गीत शुक्रबार सार्वजनिक गरेको हो ।

‘ए मेरो हजूर ’ को सुपरहीट गीत फूलको थुंगा हौ कि बाट गीतको शीर्षक तानिएको छ । चलचित्र ‘ए मेरो हजूर ’मा अभिनेता श्रीकृष्ण श्रेष्ठ र झरना थापाको अभिनय रहेको थियो भने यो गीतमा अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ ।

झरना थापाको निर्देशनमा बनेको फिल्म बैशाख १ गतेदेखि प्रदर्शनमा आउनेछ ।

371 shares