प्रणय दिवस : वैश्य युगका व्यापारीको व्यापार प्रबर्धन गर्ने महोत्सव

413 shares

विवेक मानुष । आज प्रेम सप्ताहको अन्तिम दिन अर्थात भ्यालेन्टाइन डे। तेस्रो सताब्दीमा रोममा क्लोडियस नामको शासक थिए। जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ भन्ने उनको मान्यता थियो। त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन।

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध गरे । भ्यालेनटाइनले सैनिक अधिकारीलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गर्दै छन् भन्ने कुरा क्लोडियसले थाहा पाए। उनले भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी गरे।

आखिरमा भ्यालेनटाइनलाई फाँसी दिने भइयो। फाँसीको आदेश सुनेर भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे र त्यसको मुनी लेखे ‘फ्रम योर भ्यालेनटाइन।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्यु अघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए। यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा भ्यालेनटाइन डे मनाउन सुरु गरियो । प्रणय दिवसको संक्षिप्त ईतिहास यो हो ।

ईतिहास पछी अब बर्तमानका कुरा गरौँ

तेश्रो शताव्दीबाट सुरु भएको प्रणय दिवस एक्काइसौँ शताव्दी सम्म आइपुग्दा प्रणय सप्ताहको रुप लिएको छ र विभिन्न क्रियाकलापमा सातरआठ दिन सम्म मनाइन्छ। पहिलो दिन प्रेमीप्रेमिकाले एक अर्कामा गुलावको फुल साटासाट गर्छन्। दोश्रो दिन प्रपोज हुँदै सातौँ दिन अर्थात प्रणय दिवस मनाएपछी प्रणय सप्ताहको सांज्ञ गरिन्छ।

कसरी एक हप्तासम्म मनाउने अन्तरास्ट्रिय चाड बन्यो होला त प्रणय सप्ताह भन्ने कुरालाई बिचार गर्दा यसको सम्बन्ध सिधै बजारसङ्ग जोडिन पुग्छ। जसरी पहिलो दिन गुलाब, तेश्रो दिन चकलेट, चौँथो दिन टेडि आदानप्रदानको संस्कार बसेको छ यो संस्कार बसाउन बजारले ठूलो भुमिका खेलेको छ। विश्वभरी नै यस्ता चिज आदानप्रदान गर्दा दिनमै अर्बौँको व्यापार हुन्छ।

नेपालमा गत साल भ्यालेन्टाइन डेको लागि मात्रै एक लाख ८० हजार स्टिम रातो गुलाबको माग रहेको थियो भने अहिले ५० हजार स्टिमले बढेर दुइ लाख ३० हजार पुगेको छ। ३० हजार स्टिम नेपालमै उत्पादन भएको हो भने अरु भारत लगायत देशबाट आयात गरिएको हो। यसको मूल्य करिब करिब दुई करोड पुग्छ। एकै दिनमा दुई करोड भन्दा माथीको गुलाव खपत हुने त्यो पनि नेपाल जस्तो मध्यम जनसंख्या भएको र भ्यालेन्टाइनलाई आयातित भन्दै चाडको रुपमा सहजै नस्विकार्ने देशमा भनेपछी जनसंख्या धेरै भएको र भ्यालेन्टाइन डेलाई सहजै स्विकार्ने देशमा कति हुँदो हो अनुमान लगाउन गारो पर्छ । त्यसै गरि टेडि र चकलेट कति खपत हुँदो हो भन्ने कुरा गुलाबको खपतबाटै अनुमान लगाउन सकिन्छ । यसरी हेर्दा के निष्कर्ष निकाल्न सकिन्छ भने प्रणय सप्ताह बजारको देन हो ।

प्रेम अपनत्वको भाव हो। दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको प्रतिनिधित्व गर्ने जैविक गुण हो। तर जब प्रेममा पूँजिवादले खेल्ने मौका पाउँछ तब त्यो प्रेम दुषित बन्छ। अहिलेको प्रेम त्यस्तै दुषित रहेको छ। पूँजिवादले बजार प्रयोग गरेर प्रेमलाई दुषित र भावहिन बनाइदिएको छ। तपाइँहरु कतिले अनुभव गर्नु भएको होला कि तपाईँको प्रेमी प्रेमिकाले रोज डेमा रोज नदिँदा, चकलेट डेमा चकलेट नदिँदा, टेडि डेमा टेडि नदिँदा उसले गर्ने प्रेम माथि नै शंका उत्पन्न भएको होला तपाईँलाई। यो सबैको पछाडी बजार र पूँजिवाद रहेको छ। बजार र पूँजिवादले तपाइँको प्रेममाथी नै शंका हुने मनोबिज्ञान बिकाश गरिरहेका छन्। बजारलाई कसैको आत्मिय प्रेमको वास्ता हुँदैन। उसलाई वास्ता हुन्छ त केवल नाफा, नाफा अनि नाफा को। त्यसैले बजारले प्रेमलाई पनि माल ९अयmmयमष्तथ० को रुपमा हेर्ने गरेको छ। तपाईँमा यस्ता मनोबिज्ञान बिकाश गराएर पूँजिवादले बजारको बिस्तार गर्दै तपाइँलाई उपभोक्तावादी दुनियाँमा चुर्लुम्मै पारिसकेको छ। पूँजिवादको उदेश्य उपभोक्तावादी इच्छा निर्माण गर्ने हो। हामीले पहिले नै थाहा पाएका, अभ्यास गरिरहेका र बाँचिरहेका बिचारहरु, चलनहरु र सामाजिक व्यवहारहरुको हेरफेर गरि कृत्रिम इच्छाहरुको उत्पादन गर्ने काम पूँजिवादले गर्छ।

यस आधुनिक दिन र युगमा विनाशकारी उपभोक्तावादद्वारा सञ्चालित संसारमा भ्यालेन्टाइन डे उत्तम नाफा कमाउने उपकरण भएको छ जसले हामीलाई जीवनमा चाहिने प्रेम र स्नेहको शुद्ध आवश्यकतालाई स्पष्ट रूपमा कमजोर बनाइरहेको छ।

अझै आजकल त भ्यालेन्टाइन डे अफर भन्दै होटल रेस्टुरेण्टमा खाने, बाइकरस्कुटीरगाडी जस्ता सवारी साधन किन्दा डिस्काउण्ट देखि मोवाइल एक्सचेन्ज अफरको घोषणा गरिन्छ। प्रेमी जोडिलाई आकर्षण गर्नका लागि शहरका होटल तथा रेस्टुरेण्टमा पानपाते ब्यालूनहरु टाँगेर सजाइएका हुन्छन्। त्यसैले अहिले प्रणय दिवस, वास्तविक प्रणय दिवस नभएर वैश्य युगका व्यापारीको व्यापार प्रबर्धन गर्ने महोत्सव भएको छ।

 

413 shares