एमसीसीको विरोध गर्ने अनेरास्ववियूका अध्यक्षसहित ४२ जना पक्राउ

287 shares

काठमाडौँ । एमसीसीको विरोध गर्ने क्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनको क्रममा बुधबार अनेरास्ववियूले बानेश्वरस्थित संसद भवन अगाडि निषेधित क्षेत्र पार गरेको थियो । सोही क्रममा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अनेरास्ववियूको अध्यक्षसहित अधिकांस पदाधिकारीलाई पक्राउ गरेको छ । पक्राउ गरी उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

287 shares