इमर्जिङ्ग नेपालको आइपिओ बाँडफाँड, कसरी हेर्ने ?

217 shares

काठमाडौँ । इमर्जिङ्ग नेपालको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशियाले लक्की ड्र मार्फत बुधबार आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले माघ २६ गतेबाट ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । सो मध्ये ११ हजार १ सय १२ कित्ता शेयर कर्मचारी, २७ हजार ७ सय ८० कित्ता म्युचुअल फण्डलाई कम्पनीने छुट्याएको थियो ।

बुधबार बाँडफाँड भएको शेयरमा ५१ हजार ६ सय ७० जनाले गोलाप्रथाबाट १० १० कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओमा २४ लाख २५ हजार ५ सय ३१ जनाले आवेदन दिएका थिए ।

यसरी हेर्नुहोस्
तल दिएको लिङ्कमा गएर नतिजा हेर्न सकिन्छ ।

1.  https://meroshare.cdsc.com.np/#/login

2.  https://iporesult.cdsc.com.np/

3. https://www.nicasiacapital.com/ipo-result

4. https://emergingnep.com/

217 shares