सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ

287 shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफ्नो पार्टीको समर्थन नहुने बताएका छन् । आइतबार संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपालले उक्त कुरा बताएका हुन् ।

बरु सरकार गए जाओस् आफ्नो पार्टीको समर्थन नरहने नेपालले बताए । आज संसदमा एमसीसी टेवल हुँदै गर्दा समाजवादीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएका थिए ।

यसअघि बसेको समाजवादी पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी संसदमा टेवल गर्न दिने तर समर्थन नगर्ने ििनर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनको अर्को घटक माओवादीले टेवल गर्ने कुरामा नै लिखित असहमति जनाएको छ भने पार्टीले असमर्थन गर्ने निर्णय गरेको छ ।

287 shares